माणिकलाललाई ‘दान्यहीरा पुरस्कार’

काठमाडौंं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शनबिार राजधानीमा आयोजित एक कार्यक्रममा प्रा.डा. माणिकलाल श्रेष्ठलाई, दान्यहीरा पुरस्कार, मुनिबहादुर शाक्यलाई, दान्यहीरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहीरा पत्रकारिता पुरस्कार, तथा सुरजवीर बज्राचार्यलाई दान्यहीरा संगीत पुरस्कार प्रदान गरेका छन् । 

कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले नेपाल भाषा देशको नै समृद्ध भाषा रहेको र नेपाल भाषाको विकासका लागि सरकारले मातृभाषाबाट सञ्चालन हुने विद्यालय खोल्नुपर्नेमा जोड दिए । 

नेपालभाषा एकेडेमीका उपकुलपति तथा दान्यहीरा पुरस्कारका संस्थापक यज्ञरत्न धाख्वाःले नेपाल भाषाको क्षेत्रमा दान्यहीरा पुरस्कार प्रतिष्ठित पुरस्कारमा पर्ने बताउँदै मातृभाषामा शिक्षासम्बन्धी विधेयक पारित गराउन सांसद श्रेष्ठले संसदमा खेलेको भूमिका प्रशंसनीय भएको बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७५ शनिबार १२:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया