नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग आग्रह गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले पेट्रोलियम पदार्थ, एलपी ग्यासको मूल्य घटाउन आग्रह गरेको हो ।
‘हालै मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एल.पी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ,’ संगठनकी अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुहरूप्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं ।’
सरकारले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए संघर्षका कार्यक्रम सार्वजनिक गर्नेसमेत अनेरास्ववियुले चेतावनी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।