कोभिड–१९ विरुद्धको खोप लगाउन अटेरी गर्नेलाई कारबाही गर्ने तयारी

ताप्लेजुङ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन अटेरी गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोपप्रति चासो नदेखाएपछि स‌ंक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको हो । 

जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आ–आफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । 

खोप लगाउन अटेर गरेको पाइए सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उनको भनाइ छ । १८ वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको उनले जानकारी दिए। पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यस्थापन समितिले जनाएको छ । 

ताप्लेजुङमा सुरुदेखि हालसम्म ३५ हजार नागरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छन् । तर, पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजारजनाले मात्र खोप लगाएका छन् । 

जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । यस अवधिमा ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १८:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया