कांग्रेससँग सहकार्य गर्न निकै कठिन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेससँग सहकार्य गर्न निकै कठिन भएको बताएका छन् ।

शनिबार जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा यादवले कांग्रेससँग विकृतिबाहेक केही नभएको बताए । बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै उनले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताए । 

उनले सरकार गठन भएको तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिई आफूनिकट व्यक्ति मात्र भर्ती गरेको आरोप लगाए । सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको र आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने उनले दाबी गरे । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १८:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया