स्वस्थ मुटुका लागि सुताइमा ध्यान दिऔँ

रातमा निद्रा नलाग्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने त हामीलाई थाहै छ । अनिद्राले मानिसमा विभिन्न शारीरिक तथा मानसिक समस्या पैदा गर्दछ । 

अमेरिकन हार्ट एसोसिएसनको हालैको एक बयानअनुसार अनिद्रा मुटुका लागिसमेत खतरनाक हुन्छ । रातमा ६ घन्टाभन्दा कम निदाउनु मुटुको लागि घातक हुन सक्छ । 

निद्राको कमीले शरीरमा ज्यादा स्ट्रेस हर्मोन पैदा गर्छ । यो सिआरपी नामक कार्डियोभास्कुलर रोगको एक प्रमुख कारण हो ।

रातको १० बजेदेखि बिहान ३ बजेसम्मको समय शरीरको अधिकांश कार्यप्रणालीको मर्मतसम्भार गर्ने समय हो । जब यो सुनौलो समयमा हामी निद्रा लिँदैनौँ, तब अक्सिडेटिभ अर्थात् उपचयन प्रक्रियामा अवरोध पैदा हुन्छ, जसले इन्सुलिन प्रतिरोध बढाउँछ ।

यस्तो अवस्थामा कार्सिनोजिनेसिस र हृदयघातको सम्भावना बढी रहन्छ ।

बयानका अनुसार, अनियमित सुताइ मोटोपन, मधुमेह तथा कोरोनरीसहित विभिन्न मुटुसम्बन्धी रोगको कारण बन्न सक्छ । 



त्यसैले, सुत्ने समय सही र नियमित हुनु स्वास्थ्यका लागि महत्वपूर्ण छ । राम्रो निद्रा पर्नका लागि पनि सुत्ने समयको नियमितता सहायक बन्न सक्छ । 

यस्तै, बेडरुमको वातावरण स्वच्छ र शान्त राख्ने, राती पूरै बत्ती निभाएर सुत्ने, आरामदायक बिछ्यौना प्रयोग गर्ने, तनाव कम लिने बानीको विकासले गहिरो निद्रा लिनमा सहयोग पुग्दछ ।



  • प्रकाशित मिति : कात्तिक १७, २०७५ शनिबार २१:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया