वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजनीतिज्ञ जसरी एउटा ‘पोजिसन’ लिएर बस्न नहुने बताएका छन् ।
‘पोजिसन’ लिएर बसे बचेखुचेको साख पनि गुम्ने उनले उल्लेख गरे ।
‘राजनीतिज्ञले जस्तो पोजिसन लिएर उहाँ बस्ने होइन । सहज बहिर्गमन हुनुपर्छ । त्यो हुँदा उहाँको बाँकी रहेको साख रहन्छ’, पत्रकारहरूसँग भट्टराईले भने, ‘उहाँले बोल्नु भएको राजनीतिज्ञले बोल्ने भाषा हो । कुनै पनि न्यायाधीशले गरेको फैसलामा सर्वसाधारणले प्रश्न उठायो भने नैतिकताले राजीनामा दिनुपर्छ । यहाँ त बारले उठायो ।’
जबराको भनाइले समस्याको समाधान नगर्ने पनि उनी बताउँछन् ।
यस्तै, राजीनामा दिनुपर्ने धेरै कारण रहेको भन्दै उनले राजीनामा गर्न हुँदैन भन्नेहरूसँग एउटा कारण पनि नरहेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।