टी २० विश्वकपः आज हुने खेलमा न्युजिल्यान्डसँग भारत पराजित भयो भने...

टी२० विश्वकपमा आज भारत र न्युजिल्यान्डबीचको खेल हुँदैछ । आजको खेल यो समूहका यी दुवै टिमका लागि निकै महत्वपूर्ण छ । 

यसअघि यी दुवै टिमले पाकिस्तानसँग पराजय भोग्नु परेको थियो । 

त्यसैले पनि यी दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण भएको विशेषज्ञहरुले बताएका छन् । अर्कोतिर भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि आफूहरुले पाकिस्तानसँगको हारका कारण एउटा शिक्षा पाएको र त्यस खेलमा भएका गल्तीहरु अब सच्याउँदै जाने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई उनले दिएको अन्तर्वार्ता अहिले भारतमा निकै धेरै खेलप्रेमीले रुचाएका छन् । यसअघि पाकिस्तानसँगको खेलमा भारत १० विकेटले पराजित भएको थियो ।

‘हामीले पाकिस्तानी टिमलाई कमजोर टिमका रुपमा लिएका थिएनौँ,’ कोहलीले भनेका छन्, ‘हामी कुनै पनि टिमलाई कमजोर टिमका रुपमा लिँदैनौँ ।’

तर, एउटा खेलमा हार व्यहोरिसकेको भारतका लागि अब आजको खेल निकै चुनौतिपूर्ण रहेको छ । भारतले आजको खेलमा पनि पराजय भोगेको खण्डमा ऊ यो विश्वकपको सेमिफाइनलमा पनि नजान सक्छ ।



आजको खेलमा भारत र न्युजिल्याण्ड दुवैले एकअर्कालाई हराएनन् भने दुवै टिम सेमिफाइनलमा नपुग्ने सम्भावना बलियो हुन्छ । त्यसैले पनि आजको खेल दुवैका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ ।

यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड, भारत, नामिबिया, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । पाकिस्तान यो समूहमा सबैभन्दा बलियो टिम सावित भएको छ । उसले भारत, न्युजिल्यान्ड तथा अफगानिस्तानसँग भएका तीन वटै खेलमा जित निकालिसकेको छ ।



तीन खेल जितेको पाकिस्तान समूहको अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । उसले आफूलाई सेमिफाइनलमा लैजाने बाटो तय गरिसकेको छ । त्यसैले समूहबाट सेमिफाइनलमा जानका लागि भारतले आजको खेलमा न्युजिल्यान्डसँग जित निकाल्नै पर्ने हुन्छ । यदि आजको खेलमा भारत पराजित भयो भने उसको विश्वकप यात्रा आजै समाप्त हुने सम्भावना थप बलियो भएर जानेछ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १३:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया