ओली र पूर्वराजाका शक्तिहरू सलबलाउन थाले : नेता कार्की
फरकधार / १५ कात्तिक, २०७८

नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले माओवादी केन्द्रको एजेन्डा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जोगाउनु रहेको बताएका छन् ।



माओवादी केन्द्र त्रियुगा नगर कमिटीले आयाेजना गरेकाे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा कार्कीले यस्ताे बताएका हुन् ।

राजनीतिक पार्टी भनेको कुनै जात, धर्म र आस्था विशेषको नभएको बताउँदै विचार भएको उनले बताए । नेपालका राजनीतिक दलले विचारलाई जातको दर्जा उल्लेख गर्दै कार्कीले ‘पार्टीलाई जातको संज्ञा दिनेमा नेकपा एमाले अगाडि रहेकाे' बताए ।

‘एमालेका कार्यकर्ता पार्टीकै विचार त छैन । तर, सूर्य चिह्न छोड्न सकिँदैन भन्छन् ।  एमाले मात्र नभएर कांग्रेस पनि सोही अवस्थामा छ,' उनले भने, 'राजनीतिक पार्टी भनेको विचार भएको जनता सामु प्रष्ट पार्नुपर्छ ।' 



खड्गप्रसाद ओली, पूर्वराजाका शक्तिहरू सल्बलाउन थालेको बताउँदै उनले ‘जनयुद्धले ल्याएका परिवर्तनका एजेन्डा संरक्षण गर्न माओवादी शक्ति केन्द्रित हुनुपर्नेमा जाेड दिए । 
-न्युज कारखाना

  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार ७:३३:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया