चीनले बनायो सुपर कम्प्युटर, आम कम्प्युटरभन्दा १० लाख गुना तीव्र

चिनियाँ वैज्ञानिकहरूले संसारकै सबैभन्दा तेज कम्प्युटर निर्माण गरेका छन् । यो सुपर कम्प्युटर मौजुदा तीव्र गतिको कम्प्युटरभन्दा १० लाख गुना शक्तिशाली छ । के अनुमान गरिएको छ भने, चीन अहिले पनि क्वान्टम कम्प्युटर निर्माणमा लागिरहेको छ । यो कम्प्युटर हरेक काम गर्न सक्षम छ । जसको अहिले मानिसले पनि कल्पना गरिसकेका छैनन् ।

चीनको नेसनल सुपरकम्प्युटिङ सेन्टरले संसारकै पहिलो ‘एक्साफ्लप’ क्वान्टम कम्प्युटर निर्माणको दाबीसमेत गरेको छ । तर चिनियाँ वैज्ञानिकहरूले यो कुरा वर्षौंसम्म सार्वजनिक गरेका थिएनन् । उनीहरू आफूले निर्माण गरेको सुपर कम्प्युटर अन्यको तुलनामा सय ट्रिलियन गुना बढी तीव्र गतिमा गणना गर्न सक्षम रहेको बताएका छन्।

वैज्ञानिकहरूको एक अध्ययनमा भनिएको छ, ‘हाम्रो अनुमान के छ भने, अब हामीले आफ्नो लक्ष्य पूरा गरेका छौं । हाम्रो कम्प्युटर जुचोंगझीले जुन काम केवल १.२ घण्टामा सम्पन्न गर्‍याे, त्यहीं काम संसारको सबैभन्दा तीव्र कम्प्युटरले कम्तीमा ८ वर्ष लगाउँछ ।’

उनीहरूका अनुसार, क्वान्टम कम्प्युटिङ प्रविधिका कारण यस्तो कम्प्युटर निर्माणको काम सफल भएको हो । परम्परागत कम्प्युटरजस्तैः ल्यापटप या स्मार्टफोनले सूचनाहरूलाई एउटा अर्को जिरोमा परिवर्तन गरिदिन्छ । कम्प्युटर प्रोसेसर्सले पनि यसैगरी एउटा थप जिरोको बीचमा काम गर्नुपर्ने हुन्छ, तर त्यसको तीव्रताको सीमा हुन्छ ।

क्वान्टम कम्प्युटर्स ब्रह्मान्डको सबैभन्दा सानो वस्तुको प्रयोग गर्छ, ताकि ‘क्वान्टमको अवस्था’लाई लिन सकियोस् । त्यो अवस्थामा आएपछि प्रोसेसर्सले पनि ठीक त्यसैगरी सोही समयमा एक अर्को जिरोमा काम गर्छ । यसबाट त्यसले निकै तीव्र गतिमा काम गर्न सक्छ । तर त्योभन्दा पनि तीव्रताका साथ काम गर्न सकिन्छ । चिनियाँ वैज्ञानिकले अहिले निर्माण गरेको सुपरकम्प्युटर त्यही हो ।

चीनका वैज्ञानिकहरू निकै लामो समयदेखि यसमा काम गरिरहेका थिए । यो क्वान्टम सुपर कम्प्युटरको अलि नजिक रहेको गुगलको ‘साइकेमोर’ कम्प्युटर हो । गुगलको कम्प्युटरले गणनासँग जोडिएको त्यस्ता समस्या समाधान गर्‍याे, जसलाई सुल्झाउन आम कम्प्युटरलाई १० हजार वर्ष लाग्छ ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १४:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया