काममा फर्किए आन्दोलनरत न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजबाट काममा फर्किएका छन् । 

प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् । 

प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् । 

प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए भोलिबाटै सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू आज बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले बताए । 

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ । तर जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताए । –न्युज कारखाना 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १४:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया