देशभर आज ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

गत २४ घण्टामा देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६४ मा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।  

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ । त्यस्तै, आज ४९० जना संक्रमणमुक्त भएका छन् ।  

त्यस्तै, गत २४ घण्टामा थप नौजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ हजार ४१६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  

आज काठमाडौं उपत्यकामा २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १६:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया