राजीनामा गर्दै कर्णालीका मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन् । उनले साँझ ६ बजे प्रदेशबासीका नाममा विशेष सम्बोधन गर्दै उनले राजीनामा दिने तयारी गरेका हुन् । 

सम्बोधनका क्रममा राजीनामा दिने तयारी भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्री परिषद्ले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन । 

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेको बताइएको छ । 

अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १८:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया