पार्टी सभापति मधेसी समुदायबाट पनि बन्न सक्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

कांग्रेस सभापतिमा दाबी गर्नेमा मधेसबाट प्रतिनिधित्व गर्नेमा वर्तमान उपसभापति विमलेन्द्र निधि मात्रै छन् । उनकै गृहजिल्लामा पुगेर पौडेलले मधेसी समुदायलाई पार्टी सभापति बनाउन सकिने बताएका हुन् । 

‘पार्टीको सभापति टीका लगाएर दिने कुरा आउँदैन, सभापतिमा मधेसबाट नै बने फरक पर्दैन,’ पौडेलले भने, ‘तर, यसको निर्णय कार्यकर्तामा छोड्नुपर्दछ।’ पौडेलले पार्टी सभापति मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताउँदै भने, ‘युवा, महिला, मधेसी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ।’

अब महाधिवेशनको कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने पौडेलको दाबी छ ।   पछिल्लोपटक सार्वजनिक गरिएको पार्टी महाधिवेशनको समय तालिका नै अन्तिम रहेको ठोकुवा गरेका हुन्।

कांग्रेसमाथि जनताको भरोसा बढेको दाबी गर्दै उनले पार्टीलाई जनताको थप भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि परेको पनि बताए।

 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार २०:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया