सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटना

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । 

आज बिहान हुम्लाको सिमिकोट जान लागेको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किन पुगेको हो । १४ यात्रु र कार्गो बोकेर उड्न लागेको जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठोक्किएको थियो। 

जहाज दुर्घटना परे पनि सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।  जहाजको अगाडि प्वाल परेको छ ।
 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ८:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया