प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज सपथ लिने कार्यक्रम तय भएको छ । आज दिउँसो २ बजे उनले मुख्यमन्त्रीका रुपमा सपथ लिँदैछन् ।
यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले प्रदेशमा लिनु पर्ने विश्वासको मत पुर्याउन नसक्ने देखेपछि राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै राईले गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनलाई एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।
प्रदेशमा सरकार गठन गर्नका लागि ४७ प्रदेश सभा सदस्यको साथ चाहिन्छ ।
आजै मुख्यमन्त्रीको सपथ लिएसँगै राईले सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।