२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसका शाहीले गर्ने

कर्णाली प्रदेशमा पनि आजबाट सरकारको नेतृत्व फेरिने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने भएका हुन् । 

उनले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्दैछन् ।



यसअघि आधा आधा समय सत्ता नेतृत्व गर्ने सहमति भएअनुसार नै महेन्द्रबहादुर शाहीले राजीनामा दिएका हुन् । उनले केहीअघि सम्म आफूले सत्ता नछाड्ने बताउँदै आएका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल यसअघि भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख कार्यालयले उनको राजीनामा आएसँगै बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिएको छ ।



यसअघि सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेमा विभाजित भएपछि महेन्द्रबहादुर शाही ३ फागुनमा मुख्यमन्त्री बनेका थिए । त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग आधाआधा समय नेतृत्व गर्ने सहमति गरेको थियो । 

आलोपालो सरकार बनाउन भएको तत्कालीन सहमतिअनुसार नै शाहीले राजीनामा दिएका हुन् । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका शाहीले नेकपा विभाजित भएपछि ३ वैशाखमा विश्वासको मत लिएका थिए । 

उनले विश्वासको मत लिँदा नेपाली कांग्रेसले साथ दिएपछि कांग्रेस सरकारमा पनि समावेश भएको थियो । कांग्रेसका २ जनाले प्रदेशका दुई मन्त्रालय सम्हालेका थिए ।



  • प्रकाशित मिति : १६ कात्तिक, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया