तापक्रम वृद्धि हाम्रो अस्तित्वको मुद्दा हो : प्रधानमन्त्री देउवा
फरकधार / १६ कात्तिक, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायुजन्य प्रकोपबाट भइरहेको क्षति प्रमुख चिन्ताको विषय बनेको बताएका छन् ।



ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप-२६) लाई सम्बोधन गर्दै देउवले भने, ‘हामी कोपका पक्ष राष्ट्रलाई आह्वान गर्छाैँ कि जलवायु परिवर्तनसँग जुध्न अतिरिक्त वित्त पोषणको ढाँचालाई समर्थन गर्न र क्षति गर्न सहमत हुन हुनुहाेस् ।'

देउवाले विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कममा राख्नु हिमाली जनताका लागि अत्यावश्यक रहेको बताए । ‘यो हाम्रो अस्तित्वको मुद्दा हो', उनले भने । 

सन् २०१५ मा पेरिसमा भएको जलवायुसम्बन्धी शिखर सम्मेलनले सन् २०३० भित्र यो लक्ष्य पूरा गर्ने घोषणा गरे पनि औद्योगिक राष्ट्र नै उदासिन छन् ।



सन् २०५० भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिइएको छ ।  जसलाई नेट जिरो भनिएको छ । 

नेपालले भने सन् २०४५ भित्र नै नेट जिरोको लक्ष्य लिएको छ भने भारतले यो लक्ष्य २०६० मा मात्र पूरा गर्न सकिने बताएको छ । 

प्रधानमन्त्री देउवाले उच्च हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्तामा हिमाली क्षेत्रका एजेन्डालाई उच्च प्राथमिकता दिन विश्वका नेतालाई आग्रह गरे । न्युज कारखाना
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ९:१४:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया