भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसलाई अंगालो हाल्दा गुटरेसले असज अनुभव गरेका छन् ।
स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटरेसलाई अंगालोमा हालेका थिए ।
कार्यक्रममा सार्वजनिक भएको तस्बिरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटरेस पछाडि तर्किन खोजेको देखिन्छन् ।
सो तस्बिरलाई मोदीले सार्वजनिक गरेका छन् । यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।