सुजुकीको मेगा एक्सचेन्ज क्याम्पमा थप १५ हजार भ्यालुएसन

काठमाडौं– जपानिज कम्पनी सुजुकीका बाइक तथा स्कुटर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको नेपालको लागि सुजुकीको आधिकारिक विक्रेता भिजी अटोमोबाइल्स प्रालीले तिहार तथा छठलाई मध्यनजर गरी यही १७ देखि २७ कात्तिकसम्म नेपालभरिका ४७ वटा सोरुममा मेगा एक्सचेन्ज क्याप सञ्चालन गर्ने भएको छ । 

सो क्यापमा कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग नयाँ सुजुकी बाइक तथा स्कुटर एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथा स्कुटरको बजार प्रचलित भ्यालुएसनभन्दा थप १५ हजार भ्यालुएसन प्रदान गर्ने कम्पनीले जनाएको छ । 

‘तिहार तथा छठको समयमा पुराना बाइक तथा स्कुटर चढ्ने ग्राहकको बाइक धेरै बिग्रने समस्या तथा पुराना बाइकले वायुप्रदूषण र ध्वनिप्रदूषण हुने हुनाले हामीले बजार प्रचलित मूल्यभन्दा थप १५ हजार भ्यालुएसन गरेर पुराना बाइक लिएर नयाँ बाइक दिएर पठाउने योजना अघि सारेका हौँ,’ सुजुकीका मार्केटिङ म्यानेजर नबराज कोइरालाले बताए ।

तिहार तथा छठलार्इ लक्षित गर्दै ल्याइएको स्किमअन्तर्गत सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा बाइकमा ८ हजार र स्कुटरमा १० हजार छुटका साथै १० जनालार्इ बम्परमा जापान भ्रमण गराउने याेजना रहेकाे कम्पनीका सेल्स हेड सन्तोष थापाले बताए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७५ आइतबार १८:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया