मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन
फरकधार / १६ कात्तिक, २०७८
यो सामग्री सेयर गर्नुहोस्

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । 



गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेस गरेका हुन् ।



शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए ।



प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राति मुख्यमन्त्री नियुक्त भएर शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ ।



आज मुख्यमन्त्रीलाई मात्रै शपथग्रहण गराइनेछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १७:२:५४,   अन्तिम अपडेट : कात्तिक १६, २०७८ मंगलबार १७:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया