नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । 

छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले जानकारी दिए । 

प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो । 

पहिलो खेलमा बलियो इरानविरुद्ध ४-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४-० गोल अन्तरले नै पराजित भयो । 

अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’ को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो । 

समूह ‘बी’ मा नाै अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजिकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्यो । यता, नेपालले तीन खेलमा जितविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो । 



यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो । 

नेपाली ३२ टोली 



गोलरक्षक– अर्पण कार्की(कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर – रितिककुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चान

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १९:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया