राजीनामा दिन्न, महाभियोग लगाउने बाटो खुला छ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पुनः पदबाट राजीनामा नदिने अडान राखेका छन् । 

सर्वोच्चको पछिल्लो गत्यावरोध हल गर्ने उद्देश्यले मंगलबार तीन न्यायाधीश प्रधानन्यायाधीश जबराकोमा छलफलका लागि गएका थिए । 

सो छलफलमा उनले राजीनामा नदिने, बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको बताइएको छ । 

यसअघि प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमन (ग्रेसफुल एक्जिट)को प्रस्ताव राखेका थिए । उनले आगामी चैतपछि राजीनामा दिने बताएका थिए । 

उनको सो प्रस्ताव आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो । मंगलबार आफूलाई भेट गर्न आएका तीन  न्यायाधीशसँग उनले राजीनामा नदिने अडान दोहोर्याएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार २१:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया