पहिले मोदी नेपाल आउने अनि मात्रै देउवा भारत जाने

प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परा तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बेलायत भ्रमणमा छन् । बेलायतमा उनले विभिन्न देशका प्रमुख कार्यकारीसँग भेट गरेका छन् । 

सो क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् । दुई प्रधानमन्त्रीबीच एकअर्काको देश भ्रमण गर्ने विषयमा छलफल भएको छ । सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेछन् । त्यसपछि मात्रै प्रधानमन्त्री देउवा भारत जाने भएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा सहभागी हुन गएका प्रधानमन्त्री देउवा र मोदीबीच मंगलबार भएको भेटवार्तामा यस्तो समझदारी बनेको हो। 

वार्ताका क्रममा मोदी तिहारलगत्तै नेपाल भ्रमणमा आउने समझदारी बनेको छ । मोदीको नेपाल भ्रमणपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने परराष्ट्रका अधिकारीको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार २१:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया