इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्केका हुन् ।
नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोलिपल्टै टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षकसमेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
५२ वर्षे प्रशिक्षकले यसअघि इटालियन क्लब इन्टर मिलानको नेतृत्व गरेका थिए । सम्झौता थप्ने विकल्पसहित कोन्टेले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् ।
कोन्टेले चेल्सीलाई दुई वर्ष प्रशिक्षण दिएका थिए । उनले २०१६/१७ मा चेल्सीलाई प्रिमियर लिग तथा २०१८ मा एफए कप जिताएका थिए ।
कोन्टेले गत सिजन मिलानलाई सिरी ‘ए’ उपाधि जिताएका थिए । प्रशिक्षकका रूपमा त्यो उनको चौथो सिरी ‘ए’उपाधि हो । त्यसअघि उनले २०११ देखि २०१४ सम्म लगातार तीन पटक युभेन्ट्सलाई इटालियन लिग विजेता बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।