Mon, 19 Nov, 2018


यमपञ्चकको दोस्रो दिन अाज कुकुरको पूजा गरेर मनाइँदै
फरक धार  |  कात्तिक २०, २०७५

काठमाडौं– यमपञ्चकको दोस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले कुकुर तिहार मनाइँदै छन् । कुकुरको विशेष पूजाआजा गरी माला लगाई मिठा परिकार खान दिएर यो पर्व मनाइने गरिन्छ ।

आजका दिनमा कुकुरलाई मिठामिठा भोजन खुवाएमा स्वर्ग जाँदा यमराजको ढोकामा बस्ने कुकुरले सजिलै बाटो छोडिदिने धार्मिक विश्वास छ ।

धार्मिक आस्थाअनुसार युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको किवंदन्ती पनि छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सतमार्गको प्रतिनिधिको रूपमा लिइन्छ । कुकुर मानव सभ्यतादेखि नै मानिससँग अत्यन्त नजिक छ । यसका साथै कुकुरलाई घरको रक्षाकवचको रूपमा समेत लिइन्छ । 

कुकुरका यिनै सहयोगका कारण नै आजको दिन कुकुरलाई विशेष मानेर पूजाआजा गरिँदै छ । आजको दिन कुकुरलाई पूजा नगरी भोजन ग्रहण गरेमा यमराजको दण्ड भोग्नुपर्ने धार्मिक विश्वास छ ।

पौराणिक कालमा यमुनाले यमराजलाई दीर्घायुको कामना गरी टीका माला लगाइदिएको सम्झनामा पाँच दिनसम्म तिहार पर्व मनाइन्छ ।
 



यो पनि नछुटाउनुहोस्