जाजरकाेटमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु
प्रतिकात्मक तस्वीर

जाजरकोटकाे नलगाड नगरपालिकामा गए राति ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

नलगाड नगरपालिका-५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड– ५ पोखरागाउँ नजिकै मंगलबार राति झुल्के डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

दुर्घटनामा परी नलगाड नगरपालिका- ५ पारीगाउँका ६० वर्षीय दल वहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेस खत्री र गाडीचालक नलगाड-७ दल्लीका २५ वर्षीय चंखलाल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडकबरिब ५०० मिटरको दुरीमा तीन जनाको शव फेला परेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ७:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया