च्याम्पियन्स लिग : लिलीको रोमान्चक जित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको खेलमा लिलीले उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोली सेभियामाथि २-१ को रोमान्चक जित हात पारेको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा सेभियाले हारको सामना गर्नु परेको हो । खेलको १५औं मिनेटमा लुकास ओकम्पोसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

४३औं मिनेटले जोनाथन डेविडले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
 
५१औँ नानितामो इकोनेले गोल गरेपछि लिलीले रोमान्चक जित हात पारेको हो ।
 
यो जितसँगै लिली ४ खेलमा ५ अंक जोडेर समूह ‘जी’को दोस्रो स्थानमा उक्लिँदा सेभिया समान खेलबाट ३ अंकका साथ अन्तिममा छ ।

यही समूहको अर्को खेलमा उल्फ्सबर्गले आरबी साल्जबर्गमाथि २-१ को जित हात पार्‍याे । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ८:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया