जनमत संग्रहको नतिजा : न्यु क्यालेडोनिया फ्रान्समै रहने

पेरिस– न्यु क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत संग्रहको परिणाम एकीकृत फ्रान्सको पक्षमा आएको छ । 

मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुँदैन भन्ने पक्षमा जनमतसंग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरे । 

न्यु क्यालेडोनिया १ लाख ७५ हजार जनताको बसोवास रहेको फ्रान्स–प्रशासित टापु हो । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाव थियो । 

फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोँले मतपरिणाम सार्वजनिक भएलगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा धन्यवाद दिए । 

‘जनमतसंग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यु क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरव मिलेको छ,’ निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा म्याक्रोँले भने, ’यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद दिन चाहन्छु । ’ 

उनले थपे, ‘बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन्, उनीहरूको नेता बन्न पाउँदा मलाई खुसी लागेको छ । यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको संकेत हो ।’





  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार ८:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया