सकियो ‘म राजेश हमाल’को छायांकन

नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ५० दिनमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको सम्पूर्ण छायांकन धनगढीमा गरिएको हो ।

चलचित्र ‘म राजेश हमाल’लाई जोन योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रमा केदार भुषालले लगानी गरेका छन् । राजेश हमाल एक सुपरस्टार मात्रै नभएर इमोसन पनि हो भन्ने कथामा चलचित्र निर्माण गरिएको निर्माता भुषालले जानकारी दिएका छन् ।

चलचित्रमा सञ्चिता लुईंटेल, मुकुन भुषाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा अभिनेता आर्यन सिग्देललाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको नामलाई लिएर धेरैले यो चलचित्र राजेश हमालको बायोग्राफी भन्ने बुझेका छन् । तर, यो राजेशको बायोग्राफी नभएको निर्माता भुषालले जानकारी दिए । 

जोन योञ्जनको कथा रहेको चलचित्रको पटकथा लेखनमा जोनसँग शायद कार्कीले सहकार्य गरेका छन । आलोक शुक्लाको छायांकन रहेको चलचित्रको दृष्य सम्पादन भीम विश्वकर्माले गर्नेछन् ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १२:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया