२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

मुख्यमन्त्रीबाट पदमुक्त भएपछि डेरामा सरे शाही

कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएपछि महेन्द्रबहादुर शाहीले सरकारी क्वाटर छाडेर डेरामा सरेका छन् । मंगलबार पदमुक्त भएका शाहीले वीरेन्द्रनगर नगरपालिकाको गुरुङ चोकमा रहेको सरकारी क्वाटर छाडेका हुन् । 

मंगलबार राती नै सरकारी क्वाटर छाडेका मुख्यमन्त्री शाहीले त्यो रात कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र संञ्यालको क्वाटरमा बसेका थिए । 



मुख्यमन्त्रीको पद छाडेपछि मंगलबार राती आफ्नो कोठामा बसेको खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र संञ्यालले बताए । ‘हामीसँगै सामान्य खाना खाएर बस्नुभयो,’ उनले भने, ‘अहिले उहाँ नजिकै एउटा दुई कोठे घरमा सर्नुभएको छ ।’





  • प्रकाशित मिति : १७ कात्तिक, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया