युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिल्वस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाडौं नगरपालिका १३, ताहाचल) सदस्य रहने गरी समिति गठन गरीएको हो ।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी तोकेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।