अब खोप प्रमाणपत्रको प्रमाणीकरण स्थानीय तहबाटै

अब कोरोना भाइरसविरुद्धको खोप प्रमाणीकरण स्थानीय तहबाटै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रको सेवासम्बन्धी निवेदन स्थानीय तहहरूबाट रूजु हुने भएको हो । 

आजदेखि अनलाइन आवेदन दिँदा केही समस्या भएमा वा थप बुझ्नुपरेमा आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।  

यसअघि खोप प्रमाणीकरणका लागि केन्द्रकै भर पर्नुपरेको थियो । अनलाइन आवेदनमार्फत विद्युतीय खोप प्रमाणपत्रको सेवा प्रदान हुँदै आइरहेको छ । 

विशेषगरी विदेश जानेहरूलाई क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १७:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया