अरू प्रदेश हिँड्दा कर्णालीलाई दौडाउन कर्मचारीलाई मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवसँग प्रदेश सरकारका कामकारबाहीका विषयमा छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । 

सो क्रममा मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरेर काम गर्न सचिवहरूलाई निर्देशन दिए । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए ।
 
मुख्यमन्त्री शाहीले कर्णालीको भूगोल अत्यन्तै जटिल भएकाले भूगोलअनुसार कार्यक्रम सञ्चालन गर्न सचिवहरूलाई निर्देशन दिए । उनले भएका राम्रा कामहरूको जस कर्मचारीहरूलाई र नराम्रो भएको खण्डमा त्यसको अपजस आफूले लिने बताए। 

मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ मात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरेर काम गर्न पनि निर्देशन दिए। 

उनले कर्णालीमा कार्यरत रहँदासम्म कर्मचारीहरूलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताउँदै आफ्नै घर सम्झेर काम गर्न आग्रह गरे।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १७:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया