कोरोना भाइरस संक्रमित ४ सय ४७ जना थपिए, ७ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशभर ९ हजार ९ सय १३ जनामा परीक्षण गरिएको थियो। हाल देशभर ९० हजार १ सय २३ जना संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

यससँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३४ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार ४ सय ३९ जना संक्रमण मुक्त भएका छन्।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १८:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया