सरकार गियर फेरेर अगाडि बढ्छ: प्रचण्ड

काठमाडौं– सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गियर फेरेर अगाडि बढ्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग आज कुरा गर्दै उनले सो कुरा बताएका हुन् । 

पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने– ‘हिलोमैलोको सिजनमा गाडी एक नम्बरमा चलेको थियो । अब गियर फेरेर पनि सरकार अगाडि बढ्छ ।’ उनले आफ्नो घोषणापत्रमा भनेका कामहरू पाँच वर्षमा सक्ने बताएका छन् । 

पार्टी एकता एकदमै लम्बियो भन्ने पत्रकारको प्रश्नमा उनले केन्द्रमा विवाद भएर ढिलाइ नभएको पनि प्रस्ट पारेका छन् । दुई सदस्यको कार्यदललाई एकताको कामलाई अन्तिम रूप दिनका लागि भनिएको कारण अब चाँडै एकता हुने पनि बताए । उनले भोलि आउने समस्यालाई अहिले नै याद गरेकाले पार्टी एकता थोरै ढिला भएको पनि बताए । 

अध्यक्ष दाहालले तत्काल मन्त्रिपरिषद् परिवर्तन नहुने बताए । भारतीय प्रधानमन्त्री मोदी आउने कुराको बारेमा आफूलाई धेरै थाहा नभएको भन्दै उनले उक्त कुरा ठूलो समाचार नभएको बताए ।
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार ११:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया