सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री एक साताको उपचारपछि अस्पताल बुधबार डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भएपछि उनी एक साताअघि वीर अस्पताल भनार्ए भएकी थिइन् । 

सामाजिक सञ्जालमार्फत उनले उपचारपश्चात् आज अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी छिन् ।  अस्पतालमा रहँदा आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवं स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेकी छिन् । 

संक्रमणको उच्च जोखिम कायम रहेकोले  चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको उनले जानकारी गराएकी छिन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार २१:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया