च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको शानदार जित

युइएफए च्याम्पियन्सलिग अन्तर्गत गए राति सम्पन्न भएकाे खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियम क्लब ब्रुगलाई ४-१ गोल अन्तरले पराजित गरी शानदार जित निकालेकाे हाे ।  

घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक-एक गोल गरे ।  सिटीका जोन स्टोनिसले आत्मघाती गोल गरे । 

खेलकाे १५ औं मिनेटमा फोडेनले गोल गरेसँगै सिटीले अग्रता लिएकाे थियाे । स्टोन्सले १७ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो ।​ महरेजले ५४ औं मिनेटमा गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए । स्टर्लिङले ७२ औं मिनेटमा गाेल गरी सिटीकाे अग्रता ३-१ काे बनाए ।

जिससले इन्जुरी समयमा गोल गर्दै सिटीलाई ४-१ को नतिजा दिए ।

खेलमा जित निकालेसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंकसहित शीर्षस्थानमा उक्लिएकाे छ । सिटीलाई अन्तिम-१६ मा पुग्न  मात्र एक अंककाे आवश्यकता छ ।



पराजित ब्रुग ४ अंकसहित तेस्रो स्थानमा छ । 



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ९:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया