एनआइसी एसिया र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघबीच साझेदारी

काठमाडौं– एनआइसी एसिया बैंक र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच बैंकिङ साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नेपाल सरकारले तीन वर्षभित्र आधारभूत रूपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्र आवश्यकताअनुसार विद्युत् उपलब्ध गराउने नीतिअनुसार एनआइसी एसियाले आइतबार साझेदारी गरेको बताएको छ ।
 
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघ नेपालका अध्यक्ष नारायण ज्ञवाली र एनआइसी एसिया बैंकका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

अब बैंकले देशभरका २ सय ६५ शाखा र २९ एक्सटेन्सन काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने बताएको छ । यस्तै, साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ । 

सम्झौताले समुदायको बंैकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर सुधारका लागि सहयोगी भूमिका खेल्ने बैंकले विश्वास रहेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार १२:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया