सुर्खेतमा जिप दुर्घटना, चालकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका १३ बस्ने २९ वर्षीय राजु वि.क रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दाङबाट सुर्खेततर्फ जाँदै गरेको रा १ च १३१० नम्बरको जिप आज बिहान सवा ५ बजे दुर्घटना भएको हो । जिपमा चालक र परिचालक मात्रै रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका परिचालक उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १४:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया