नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेन : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताएका हुन् । 

‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, कार्यान्वयन हुन सकेको छैन, अहिले पनि एक हिसाबले भन्ने हो भने केन्द्रीयता नै केन्द्रीय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ, यसले अधिकारहरू पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन,’ उनले भने, ‘बजेट पनि जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरू स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो । तर सानातिना दुई/चार लाख, १० लाखका योजनाहरू केन्द्रले अझै निरन्तरता दिइरहेको छ ।’ 

त्यस्तै, मुख्यमन्त्री राईले अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने  पनि बताए । उनले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए । 

उनले प्रदेशको नामाकरण गर्न दुई तिहाइ मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताए ।

‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरूलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ, त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरू खोजेर ठूलो बनाउने प्रयास गर्छौं,’ मुख्यमन्त्री राईले भने, ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरूलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदहरूलाई निरीह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसदहरू बलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरू गर्नेछौँ ।’

उनले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको पनि बताए । मुख्यमन्त्री राईले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए ।



उनले केन्द्रीय सरकारसँग ऋण लिएर भए पनि जनहितका काम गर्ने र बजेटको दायरालाई विस्तार गर्ने बताए । मुख्यमन्त्री राईले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताए ।

‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, कार्यान्वयन हुन सकेको छैन, अहिले पनि एक हिसाबले भन्ने हो भने केन्द्रीयता नै केन्द्रीय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ, यसले अधिकारहरू पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन,’ उनले भने, ‘बजेट पनि जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरू स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो । तर सानातिना दुई/चार लाख, १० लाखका योजनाहरू केन्द्रले अझै निरन्तरता दिइरहेको छ ।’ 



मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरूले भ्रष्टाचार गरेको पनि अरोप लगाए ।  

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १५:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया