सेयर रकम भुक्तानीका लागि कनेक्ट आइपिएस पेमेन्ट प्रणाली सुरु

काठमाडौं– नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको ‘कनेक्ट आइपिएस पेमेन्ट’ प्रणालीमार्फत अब सेयर ब्रोकरलाई सिधै भुक्तानी गर्न सकिने भएको छ । 

लगानीकर्ताले सेयर खरिद गरेबापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी बैंक खाताबाट सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमान्तर गर्न सकिने व्यवस्था सुरु भएको हो । 

यसका लागि कम्पनीको कनेक्ट आइपिएस डट कममा गएर आवश्यक विवरण भरी बैंक खाताबाट रकमान्तर गर्नुपर्ने हुन्छ । यसबाट लगानीकर्ताले हाल अन्य माध्यमबाट भुक्तानी गर्दा बेहोर्दैै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयको बचत हुने कम्पनीको दाबी छ । 

हालसम्ममा उक्त प्रणालीमा १२ जना ब्रोकरहरू आबद्ध भइसकेका छन् । यस्तै हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरूले सम्झौता गरिसकेकोमा हालसम्म ३४ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट उक्त सेवा उपलब्ध भइरहेको छ । 

‘कनेक्ट आइपिएस पेमेन्ट’ प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फन्ड लोडजस्ता कारोबार पनि गर्न सकिनेछ ।
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार १४:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया