विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आगामी तीन महिनामा युरोपमा पाँच लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
युरोप पुनः एकपटक महामारीको केन्द्र बन्नसक्ने चेतावनी दिँदै संगठनका युरोप निर्देशक हांस क्लगले आगामी तीन महिनामा कोरोना संक्रमणबाट पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिएका हुन् ।
युरोपका ५३ देश कोरोना संक्रमणमा भइरहेको वृद्धिदर चिन्ताको विषय भएको उनले बताए । गतसाता विश्वभर कोरोनाबाट संक्रमित भएका र संक्रमणका कारण मृत्यु भएकामध्ये आधा मध्यएसियासहित युरोप क्षेत्रका भएको उनले बताए ।
खोप अभियानको गतिलाई बढाउनुपर्नेमा जोड दिँदै संगठनका युरोप निर्देशक क्लुगले सामाजिक दूरी र मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।