इरानी राष्ट्रपति भन्छन् – अमेरिकी प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछाैँ

तेहरान– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी  ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने बताएका छन् । 

अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्ध लगाएको केही घण्टापछि सोमबार रौहानीले भने, ‘इरानले वासिंगटनले आफूमाथि लगाएको प्रतिबन्धलाई  ‘उचित’ रूपले तोड्नेछ ।’ 

‘हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामी अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाउनेछौँ,’ रौहानीलाई उद्धृत गर्दै राज्य इरानको सरकारी टेलिभिजनले भनेको छ । 

अमेरिकी अधिकारीले पनि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन भन्ने बुझेको बताउँदै रौहानीले भने, ‘इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरे पनि हामी हाम्रो तेल बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।’ 

सन् २०१५ मा आफ्नै नेतृत्वमा विश्व–शक्तिराष्ट्रहरू चीन, रुस, बेलायत, जर्मनी र फ्रान्सलगायतले गरेको सम्झौतापछि इरानविरूद्धका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको अमेरिकाले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर प्रतिबन्ध लागू गरेको बताएको थियो ।

अमेरिकाकी प्रतिबन्धले विश्वका ऊर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइँदै आएको छ ।



इरानले यी क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको अमेरिकाको दाबी छ भने इरानले यसको खण्डन गर्दै आएको छ । 



  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार २०:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया