बखेडा झिकिरहने मुख्यमन्त्री शाहीले गर्न सकेनन् मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि मन्त्रिमण्डल विस्तारमा असक्षम भएका छन् ।

उनी मुख्यमन्त्री भएको चार दिन भयो । तर, मन्त्रिमण्डल विस्तार गर्ने नसक्दा आलोचित हुन थालेका छन् । 

संघीय सरकारको नेतृत्व गरेका सभापति शेरबहादुर देउवाले ८८ दिनमा मात्रै मन्त्रिमण्डल विस्तार गर्न सकेका थिए । कर्णालीका मुख्यमन्त्री शाहीले पनि कतै देउवाकै बाटो त समातेका होइनन् ? प्रश्न उब्जिन थालेको छ ।

शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीसँग गत बैशाखमा भएको सहमतिअनुसार यही १५ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । 

माओवादी केन्द्रका एक सांसदका अनुसार मुख्यमन्त्री शाही जहिले पनि बखेडा मात्रै झिक्छन् । त्यो पनि मन्त्रिमण्डल विस्तार हुन नसक्नुको कारण मान्छन् । 

‘उहाँ जहिले पनि बखेडा मात्र झिक्नुहुन्छ । पहिला सम्झौताविपरीत दुई मन्त्रालयको माग गर्नुभयो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आयो । अहिले पनि उहाँले मुख्यमन्त्रीसहित २ मन्त्रालयको माग गर्नुभएको छ । त्यही आधारमा सरकार विस्तार हुन सकेको छैन’, फरकधारसँग ती माओवादी सांसदले भने, ‘उहाँलाई सम्झौताअनुसार नै मुख्यमन्त्री बनाएको हो । उहाँले अरुलाई सम्झौताको बढी कुरा हुन्छ । आफू कहिल्यै पालना गर्नुहुन्न ।’



शाहीलाई मुख्यमन्त्रीमा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) तीन गरी २१ सांसदले समर्थन गरेका थिए । 

उनले हाल मुख्यमन्त्री भएर अन्य दुई मन्त्रालय पनि सम्हालेका छन् । 



  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १५:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया