१४औं महाधिवेशनको प्रक्रिया अघि बढाएको नेपाली कांग्रेसले रसुवा र रौतहटको विवादलाई नीतिगत रूपमा निरुपण गरिसकेको नेता प्रदीप पौडेलले बताएका छन् ।
उनका अनुसार सबै वडा, क्षेत्र र जिल्लाको समस्यालाई कसरी समाधान गर्ने भन्ने निर्णय कांग्रेसले गरिसकेको छ । सचिवालयबाट कार्यान्वयनको सन्दर्भमा मात्रै ढिला भएको पौडेल बताउँछन् ।
‘रसुवाको विवाद निरुपणले अन्तिम रूप पाइसक्यो । अब रौतहटमा के गर्ने भन्ने नीतिगत निर्णय पहिल्यै भएको हो र कार्यान्वयनमा मात्रै ढिला भएको हो’, यसअघि क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसमेत रहेका नेता पौडेलले फरकधारसँग भने ।
सबै जिल्लामा निर्वाचन अधिकृत नतोकिएको र तोकिए पनि क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन अधिकृतले नपाइसकेकाले पनि काम अघि नबढेको हुनसक्ने उनको भनाइ छ ।
१३ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन भइसक्दा रसुवा र रौतहटको विवाद निरुपण बल्ल भएको हो । तर, क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन सकेको छैन ।
यसअघि नै सदस्यता सार्वजनिक भएकामध्ये पनि ११ जिल्लामा वडा अधिवेशन भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।