भारतकाे जितसँगै सेमिफाइनल प्रवेश सम्भावना कायमै

युएईमा जारी आइसिसी टि-२० विश्वकप क्रिकेटमा भारतले दाेस्राे जित हात पारेको छ ।   गएराति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ राेजेकाे स्कटल्यान्डले भारतलाई ८६ रनको सामान्य लक्ष्य दिएकाे थियाे ।
उक्त लक्ष्य भारतले ६.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्‍याे । भारतका लागि केएल राहुलले ५० रन बनाए । उनले १९ बलको सामना गर्दै ३ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै रोहित शर्माले ३० रन जोडे ।

स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले १-१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २४, मिसाइल लिस्कले २१ रन जोडे । भारतका लागि मोहम्मद शामी र रविन्द्र जडेजाले ३-३ विकेट लिए भने जस्प्रित बुम्राहले २ विकेट हात पारे ।

खेलमा जित निकालेसँगै चार खेलबाट चार अंक जाेडेकाे भारतले सेमिफाइनल पुग्ने झिनाे आस कायम गरेकाे छ ।

अफगानिस्तानले न्युजिल्यान्डमाथि जित निकालेकाे अवस्थामा र भारतले नामिवियालाई ठूलाे अन्तरले पराजित गरेकाे अवस्थामा मात्र भारत सेमिफाइनल प्रवेश गर्न सक्छ । यसका साथै रनरेट पनि भारतकै पक्षमा हुनुपर्नेछ । यस्ताे भएकाे अवस्थामा मात्र भारत सेमिफाइनल प्रवेश गर्न सक्छ।



समूह २ मै रहेकाे पाकिस्तान भने सेमिफाइनल प्रवेश गरिसकेकाे छ ।
 



  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार ८:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया