दिपावलीमा बेहुली झैं सिँगारिएका भारतीय सहर

कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले दिपावली मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्कारअनुसार दीपावली मनाइरहेका छन् । 

हिन्दूहरूले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनाएका छन् । भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ । झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान  झकिझकाउ भएका छन् । 

दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरू अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन् । सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन् ।

विश्वका नेपाल र भारतबाहेक श्रीलंका र हिन्दूहरूको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ । 

-एजेन्सीकाे सहयाेगमा न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार १२:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया