भारतको एक अस्पतालमा आगलागी हुँदा १० जना काेराेना संक्रमितको मृत्यु

छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशको अहमदनगर जिल्लास्थित एक सिभिल अस्पतालमा आगलागी हुँदा १० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

यसैगरी  ७ जना घाइते भएका छन् । जसमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

अस्पतालकाे भुइँ तलामा रहेकाे आइसियुमा आगलागी भएकाे थियाे । उक्त आइसियुमा १७ जना बिरामी भर्ना भएका थिए । 

विद्युत् सर्ट भएर आगलागी भएकाे हुनसक्ने अस्पतालले जनाएकाे छ । 

आगलागी भएकाे खबर पाउँदा बित्तिकै दमकल समयमै आई आगाे नियन्त्रणमा लिएकाे थियाे । 

महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीसले घटनाकाे गहिराे तरिकाले अध्ययन गर्नुपर्ने र दाेषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।​





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार १४:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया