युनाइटेडकाे घरेलु मैदानमा सिटीकाे जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएकाे म्यानचेस्टर डर्बीमा जित निकालेकाे छ ।

सिटीले म्यानचेस्टर युनाइटेडमाथि २-० काे जित निकालेकाे हाे ।

युनाइटेडको घरेलु मैदानमा भएकाे खेलमा युनाइटेडका इरिक बेलीले आत्मघाती गाेल गर्दा सिटीले अग्रता लिएकाे थियाे । बेलीले ७ औं मिनेटमा आत्मघाती गाेल गरेका थिए ।

खेलकाे ४५औं मिनेटमा बर्नान्डाे सिल्भाले गाेल गरी सिटीकाे अग्रता दाेब्बर बनाए। पहिलाे हाफमै भएका दुई गाेल सिटीलाई जित दिलाउन पर्याप्त बन्याे।

खेलमा जित हासिल गरेसँगै ११ खेलमा २३ अंक जाेडी सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ । 
 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ७:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया