संगठनको मर्यादामा आँच पुर्याउने गतिविधि सह्य हुँदैनः महानिरीक्षक खनाल

मुस्ताङ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सह्य नहुने बताएका छन् । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमानदारीसाथ कार्यसम्पादन गर्न निर्देशन दिए । 

‘इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,’ उनले भने । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरे । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुसी व्यक्त गरे । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार ११:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया